जनमत पार्टीमा ठूलो विभाजन : ६ शीर्ष नेताको सामूहिक राजीनामा

तु खबर संवाददाता
२०८२ आश्विन २, बिहीबार १२:४५
file-photo

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा ठूलो विभाजन देखिएको छ । अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका ६ जना शीर्ष नेताले बिहीबार साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।

राजीनामा दिने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् ।

उनीहरूले सामूहिक राजीनामा पत्र सार्वजनिक गर्दै पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । अध्यक्ष राउतलाई दिइएको अल्टिमेटमपछि उनले सामाजिक सञ्जालमार्फत पार्टी छोड्ने संकेतसमेत गरेका थिए ।