प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच बिहीबार फोनवार्ता हुने

तु खबर संवाददाता
२०८२ भाद्र ३१, मंगलवार १५:४९

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी बिहीबार फोनवार्ता हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बिहान साढे ११ बजे दुई प्रधानमन्त्रीबीच टेलिफोन संवाद तय भएको हो।

कार्कीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेलगत्तै भारतको विदेश मन्त्रालयले सबैभन्दा पहिला बधाई तथा शुभकामना दिएको थियो। मोदीका तर्फबाट नेपालस्थित भारतीय राजदूत आजै सिंहदरबार पुगेर कार्कीलाई भेट्ने कार्यक्रमसमेत रहेको छ।

यसअघि भारतीय विदेश मन्त्रालयले कार्कीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिइसकेको छ। मोदीले मणिपुरमा रहँदा पनि नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत व्यक्त गरेका थिए।