दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने

तु खबर संवाददाता
२०८२ भाद्र ३१, मंगलवार १५:२६

काठमाडौं । यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीच आज भएको छलफलपछि यस्तो निर्णय गरिएको हो।

आन्दोलनपछि लगाइएको कर्फ्यु हटेसँगै तीन दिनअघिदेखि नै टिकट काटेर सेवा सुरु भइसकेको र विद्यालय–स्कुल बन्द भइसकेकाले धेरै मानिसहरू घर फर्कन थालेको हुँदा अग्रिम बुकिङ आवश्यक नभएको पनि निर्णयको आधार बनाइएको छ।

यातायात व्यवसायीहरूले भने दशैंमा यात्रुको सहजता र सुरक्षा दुवै सुनिश्चित गर्न विभागको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ट्राफिक प्रहरीले पनि भीड नियन्त्रण र सवारी व्यवस्थापनमा विशेष ध्यान दिने जनाएको छ। यसै क्रममा विभागले यात्रुहरूलाई आवश्यकतानुसार तत्काल टिकट किन्न सकिने व्यवस्था कायम गरिएको बताएको छ।