सुनको मूल्यले बनायो नयाँ रेकर्ड

तु खबर संवाददाता
२०८२ भाद्र ३१, मंगलवार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।