कुलमान घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको बक्यौता उठाउने

तु खबर संवाददाता
२०८२ भाद्र ३०, सोमबार १५:२५
file-photo

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन् । प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि उनले यही विषयमा कडाइ गरेका थिए, जसका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद हुँदै उनको पदसमेत गुमेको थियो ।

घिसिङले शपथ ग्रहणपछि त्रिवि शिक्षण अस्पताल पुगेर आन्दोलनमा ज्यान गुमाएका मृतकका आफन्तलाई भेटे र त्यसपछि मात्रै सिंहदरबार गएर औपचारिक रुपमा पदभार सम्हालेका हुन् ।

विद्युत् प्राधिकरणमा हाल हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।