मकवानपुरमा हट्यो निषेधाज्ञा र कर्फ्यु

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभरि निषेधाज्ञा र कर्फ्यु हटाएको छ । आजबाट मकवानपुरका सबै क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा हटाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गरेको आदेशमा उल्लेख छ ।
जेनजीहरूको आन्दोलनपछि मकवानपुरमा भदौ २६ गते बिहीबारदेखि लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएको हो ।
मकवानपुरमा अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु र निषेधाज्ञा हटाइएको हो । यससँगै मकवानपुरको जनजीवन सामान्य अवस्था तर्फ फर्किदैँछ ।