आगजनी भएका सरकारी संरचनाको सरसफाई तीब्र

तु खबर संवाददाता
२०८२ भाद्र २८, शनिबार १४:५७

हेटौंडा । जेन जी आन्दोलनका क्रममा आगजनी  भएका मकवानपुरका सरकारी भवनहरुको सरसफाईको काम भइरहेको छ ।

आज शनिबार पनि सरकारी कार्यालयहरुले आफ्ना कार्यालयहरु सरसफाइ गरिरहेका छन् । सकेसम्म छिट्टै सेवा प्रारम्भ गर्ने उद्धेश्यका साथ सरकारी संरचनाहरुको सरसफाइ र व्यवस्थापनको काममा कार्यालयका कर्मचारीहरु जुटिरहेका छन् ।

उच्च अदालत हेटौंडा इजलास, जिल्ला अदालत, हेटौंडा उपमहानगरपालिका, विभिन्न वडा कार्यालयहरु लगायतका संरचनाको सरसफाइको काम भइरहेको हो ।

मकवानपुरमा आन्दोलनकारीहरुले दुई गाउँपालिका, एक उममहानगरपालिका, वडा कार्यालयहरु, मन्त्रालयहरुमा आगजनी गरी क्षति पुर्याइदिएका छन् ।