राजनीतिक अस्थिरताबीच असोज २ गतेसम्म शेयर बजार बन्द

काठमाडौँ । देशमा पछिल्ला राजनीतिक घटनाक्रमका कारण शेयर बजारमा ठूलो अस्थिरता उत्पन्न हुने संकेत देखिएको छ। यसै कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गतेसम्म शेयर कारोबार अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी नेप्सेले बिहीबार (असोज २ गते) सम्म बजार बन्द गर्ने निर्णय गरेको हो।
नेप्सेका अनुसार बजारमा देखिएको अस्थिरता र अनिश्चिततालाई ध्यानमा राख्दै लगानीकर्ताको सुरक्षाका लागि यस्तो कदम चालिएको हो। यस अवधिमा कुनै पनि शेयर कारोबार सञ्चालन हुने छैन