सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने अन्तिम तयारी

तु खबर संवाददाता
२०८२ भाद्र २७, शुक्रबार ०६:४०

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने गरी मध्यराति सहमति भएको छ । जेन जी र दलका प्रतिनिधिहरुबीच यस्तो सहमति भएको हो ।

नेपालको संविधान २०७२ द्वारा स्थापित संसद् लाई कायम राखेर नयाँ सरकार बनाउने कि विघटन गर्ने भन्ने बारे भने सहमति भएको छैन । यही द्विविधाका कारण मध्येराति अन्तिम सहमति भने हुन सकेन ।

आज बिहान ९ बजेसम्म नेपालले अन्तरिक सरकार प्रमुख पाउने छ ।

राष्ट्रपति निवास शीतल निवासमा भएको छलफलमा राष्ट्रपति पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल, सुशीला कार्की र अधिवक्ता ओम प्रकाश अर्याल समेतको समभागिता रहेको समाचारहरु सार्वजनिक भएका छन् ।