नेपाली सेनाद्वारा देशभर कर्फ्यू आदेश जारी
काठमाडौं । नेपाली सेनाले देशभर कर्फर्यु आदेश जारी गरेको छ । देशभरको शान्ति सुरक्षालाई मध्यनजर गर्दै यस्तो आदेश जारी गर्नुपरेको नेपाली सेनाले जानकारी दिएको छ । आज साँझ ५ बजेसम्म कर्फर्यु कायम रहने छ ।
विभिन्न अराजक समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिरहेको र बलात्कारको प्रयास तथा व्यक्ति लक्षित ह्रिसक आक्रमण गरिरहेको सेनाको भनाइ छ ।
