वार्तामा आउन प्रधानसेनापति सिग्देलको आह्वान
काठमाडौं । आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापति अशोकराज सिग्देलले आह्वान गरेका छन् । आन्दोलनरत पक्षलाई शान्तिपुर्ण निकासका लागि वार्तामा आउन उनले आग्रह गरेका हुन् ।
राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु सबैको दायित्व भएको स्मरण गराउँदै प्रधानसेनापति सिग्देलले आन्दोलनका सबै कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेका हुन् ।
आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि प्रधानसेनापतिले गरेका छन् ।
एक भिडियो सम्बोधन मार्फत् उनले शान्ति, सुरक्षा र राष्ट्रिय एकता कायम राख्ने दायित्व सबै नेपालीको भएको बताएका छन् ।
