प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले केहीबेरपछि सम्बोधन गर्ने भएका छन् । जेन जी आन्दोलनका कारण पछिल्लो घटनाक्रमबारे प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने बताइएको छ ।
केही समय अघि नेपाली सेनाले विज्ञप्ती निकालेर संयमित हुन सबैलाई आग्रह गरिसकेको छ । विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न सेनाले आग्रह गरेको छ ।
नेपाली सेनाको मध्यस्थतामा राष्ट्रपति रामचन्द्र पौडेल र जेन जीबीच संवाद हुने सूचनाहरु सार्वजनिक भइरहेपनि त्यसको आधिकारिक पुष्टी भने भएको छैन ।
