पोखरामा अनिश्चितकालीन कर्फ्यु, मुख्यमन्त्री कार्यालयमा तोडफोड

तु खबर संवाददाता
२०८२ भाद्र २३, सोमबार १५:२३

जेन–जी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी गरिएको छ । प्रदर्शन अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको हो ।

प्रशासनले पोखरा महानगरपालिकाको शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैंक चोकसम्म कर्फ्यु क्षेत्र तोकेको जनाएको छ ।

सोमबारको प्रदर्शनका क्रममा आन्दोलनकारीले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका थिए । परिस्थिति थप जटिल नबनोस् भन्ने उद्देश्यले प्रशासनले कर्फ्यु आदेश जारी गरेको बताइएको छ ।