बीमा प्राधिकरण अध्यक्षका लागि १४ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि यसपटक १४ जनाले आवेदन दिएका छन् ।
सरकारले गठन गरेको अध्यक्ष छनोट समितिले गत भदौ १३ गते ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्म १४ जनाले आवेदन दिएका हुन् ।
अर्थमन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा प्रा.डा. दिपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन् ।
यसअघि गत वर्ष आवेदन माग्दा बीमा प्राधिकरण अध्यक्षका लागि १२ जनाले आवेदन दिएका थिए ।