राष्ट्र बैंकका १०७ कर्मचारीको एकैपटक सरुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक १०७ जना कर्मचारीको सरुवा गरेको छ। सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई विभिन्न विभाग, महाशाखा र कार्यालयमा सरुवा गरिएको हो।
दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाइएको छ भने त्यहाँका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ।
यस्तै, पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ। साथै, ३८ उपनिर्देशक र ६६ सहायक निर्देशकको समेत सरुवा भएको राष्ट्र बैंकले जनाएको छ।



