एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन

तु खबर संवाददाता
२०८२ भाद्र १६, सोमबार १७:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले मुलुकको हितसँग सम्बन्धित विषय, द्विपक्षीय सम्बन्ध र अन्तरराष्ट्रिय मुद्दाबारे धारणा राखेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणका लागि चीनमा रहेका छन् । भ्रमणको क्रममा उनले एससिओ प्लस शिखर सम्मेलनमा सहभागिता जनाउनुका साथै विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग दुईपक्षीय भेटवार्ता गरिरहेका छन् ।

सम्भाषण तथा भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य उच्च पदस्थ नेताहरूसँग छलफल गरेका छन् । यी भेटवार्तामा आपसी सहयोग, क्षेत्रीय स्थायित्व र आर्थिक साझेदारीका विषयमा केन्द्रित संवाद भएको बताइएको छ ।