सुनको मूल्य तोलामा दुई लाख नजिक

तु खबर संवाददाता
२०८२ भाद्र ११, बुधबार १०:५४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई लाख नजिक पुगेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।