यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ भाद्र ९, सोमबार ०८:२२
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९०.७० रुपैयाँ र बिक्रीदर ९१.०१ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ तोकिएको छ।

त्यस्तै १०० दक्षिण कोरियन वनको खरीदमूल्य १०.१० रुपैयाँ र बिक्रीमूल्य १०.१४ रुपैयाँ निर्धारण हुँदा एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.०६ रुपैयाँ र बिक्रीमूल्य ३३.२० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् आजको विनिमयदरः–