निरन्तर घट्दै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ भाद्र ४, बुधबार १०:४३

काठमाडौैँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।