शेयर बजारमा सामान्य सुधार,अबको यात्रा कता ?

काठमाडौँ। निरन्तर खुम्चिँदै आएको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ। विगतका केही दिनदेखि लगातार घट्दै आएको बजार आज केही बढेपनि लगानीकर्ताको मनोबल भने अझै कमजोर देखिएको छ। बजारमा वृद्धि भए पनि धेरैजसो लगानीकर्ता अन्यौलमा रहेका छन्।
३२०० बिन्दु नाघ्ने अपेक्षामा लगानी गरेका लगानीकर्ताहरू अझै निराश छन्। बैंक तथा वित्तीय संस्थाहरूले लाभांश क्षमतासहितको बलियो वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसले बजारमा अपेक्षित सकारात्मक प्रभाव पार्न सकेको छैन।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७५ अंकले बढेर २७७२.९८ बिन्दुमा कायम भएको छ। ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।
आज ११ उपसूचकमा हरियाली देखिएको छ। वाणिज्य बैंक समूह ०.३० प्रतिशत, विकास बैंक समूह ०.३७ प्रतिशत, फाइनान्स समूह ०.२४ प्रतिशत र होटल तथा पर्यटन समूह ०.२८ प्रतिशतले बढेका छन्।
यसदिन १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ।