पेट्रोलको मूल्यमा वृद्धि, डिजेलको मूल्य घट्यो

तु खबर संवाददाता
२०८२ श्रावण ३०, शुक्रबार २१:२५

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको जनाएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि भएको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ।

 

 

प्रेस-2082.04.30-2025.08.15-2_page-0001