प्रधानमन्त्री ओलीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे संसदमा जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई सम्पन्न गरेको तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साउन १८ गते मध्यराति तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गरी साउन २३ गते फर्किने क्रममा भएका भेटघाट र कार्यक्रमबारे विस्तृत जानकारी दिएका हुन्।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यस वर्ष साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सम्पन्न भएको थियो।
प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा भएका छलफल, सहमति र नेपालको तर्फबाट प्रस्तुत गरिएका प्रस्तावबारे पनि संसदमा जानकारी गराएका छन्।



