आइतबार गाईजात्रा, बागमती प्रदेशमा सार्वजनिक विदा

तु खबर संवाददाता
२०८२ श्रावण २४, शनिबार ०९:४१

हेटौंडा । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने जानकारी दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले एक विज्ञप्ती जारी गर्दै गाईजात्राको दिन विदा दिने गरी सरकारले राजपत्रमा सूचना जारी गरिसकेको र सोही अनुसार विदा हुने जानकारी दिएकी हुन् ।

मृत आत्माको शान्तिको कामना गर्दै मनाइने यो पर्वमा गाई वा मानिसलाई गाईसरह सिँगारी नगर परिक्रमा गराइने चलन छ ।