सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ

तु खबर संवाददाता
२०८२ श्रावण २३, शुक्रबार १३:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँले बढ्दै १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यससँगै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको र स्थानीयरूपमा पनि माग उच्च रहँदा यसले ऐतिहासिक मूल्य कायम गरेको हो।