प्रदेश प्रमुखलाई बानियाँले बुझाए दलको नेता निर्वाचित भएको पत्र
हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएको जानकारी पत्र प्रदेश प्रमुख समक्ष बुझाइएको छ ।
नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएपछि नेता बानियाँले आज बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष जानकारी पत्र बुझाएका हुन् ।
आज भएको निर्वाचनमा मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामालाई २२ मतले पराजीत गर्दै बानियाँ दलको नेता चुनिएका थिए । यसअघि लामालाई दलको नेतामा अविश्वास रहेको भन्दै नेपाली काँग्रेसका २१ जना साँसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
सो अविश्वासको प्रस्ताव उपर भएको निर्वाचतमा लामा पराजीत भएका हुन् । लामाको पक्षमा जम्मा १४ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए ।



