एनआरएनए टर्कीको अध्यक्षमा डा. पौडेल निर्वाचित

तु खबर संवाददाता
२०८२ श्रावण १३, मंगलवार ०८:०७

इस्तानबुल । गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको अध्यक्षमा डा. विनोद पौडेल निर्वाचित भएका छन् । त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा श्याम काल राई, उपाध्यक्ष महिलामा मन्दिरा खत्री, उपाध्यक्षमा दोर बहादुर खड्का, महासचिवमा मोहम्मद जावेद अन्सारी, सचिवमा श्याम पाण्डे, कोषाध्यक्षमा भीमकान्त अर्याल, उप-कोषाध्यक्षमा नसिमा खातुन, युवा संयोजकमा अमृत थापा र महिला संयोजकमा पेम्बा शेर्पा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा बिनोद तिवारी, महेश भण्डारी, कृष्ण बहादुर थापा, रमाया पौडेल, देवेन्द्र केरुङ, र दीपक थापा क्षेत्री निर्वाचित भएका छन् ।

कार्यक्रममा एनआरएनए-आईसीसीका अध्यक्ष डा. वद्री केसीको विशेष उपस्थिति रह्यो। डा. केसीले नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।

टर्कीस्थित नेपाली समुदायको पहिचान र प्रभावलाई थप सशक्त बनाउने विश्वास डा. केसीको थियो । नव निर्वाचित परिषद्ले टर्कीमा बसोबास गर्ने गैरआवासीय नेपालीहरूको हक, हित र सहभागिता सुनिश्चित गर्न सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।