आज अपराह्न राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । सो बैठकमा विभिन्न कार्यसूचीहरु तय गरिएको छ ।
आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने छ भने पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, अर्थ समिति सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति ९संयुक्त०को बैठक बस्दैछ ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
अन्य समितिका बैठक पनि बस्ने भएको छ । जसमा विभिन्न एजेण्डामाथि छलफल हुने कार्यसूची तय भएको छ ।



