राष्ट्रपति र सभामुखबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भेट गरेका छन् ।
सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा सभामुख घिमिरेले राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा जेनेभामा हुने विश्व सम्मेलनबारे जानकारी गराएका हुन् ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।



