परिषद्को कोषाध्यक्ष पदमा चौलागाईंको उम्मेदवारी

तु खबर संवाददाता
२०८२ श्रावण ८, बिहीबार १९:४१

गैरआवासीय नेपाली संघ  उत्तर क्षेत्र (एनटी),  अष्ट्रेलिया राज्य समन्वय परिषद् कोषाध्यक्ष पदमा इशान चौलागाईंले उम्मेदवारी घोषणा गरेका छन् । २०२५ देखि २०२७ सम्मको २ वर्षे कार्यकालको लागि चौलागाईले उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि युथ टिम सदस्यको रुपमा रहेका चौलागाईंले पारदर्शी र जवाफदेही भएर जिम्मेवारी निर्वाह गर्ने समेत प्रतिवद्धता जनाएका छन् । वित्तीय व्यवस्थापनमा आधुनिक दृष्टिकोणसहित कार्य गर्ने बताउँदै चौलागाईंले यसका निम्ति सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

वित्तीय पारदर्शीता प्रवद्र्धन गर्ने, सदस्यहरुलाई डिजिटल ड्यासबोर्ड र वास्तविक समयको अपडेटमार्फत् नियमित प्रतिवेदन उपलब्ध गराउने, डिजिटल लेखा प्रणाली राख्ने, अडिटमैत्री उपकरणको कार्यान्वयन गर्ने, युवा तथा नवप्रवर्तन कोष स्थापना गर्ने, प्रवासी युवाहरूका परियोजना, स्टार्टअप्स र नवीनतम सोचलाई प्रोत्साहन गर्न कोष निर्माण गर्ने, विश्वसनीयता र कार्यकुशलता प्रवर्द्धन गर्ने स्वतन्त्र निरीक्षण र नियमित अडिटको व्यवस्था मिलाउने लगायतका योजनाहरु तय गरेको उनले बताए । म सबैलाई मतदानको लागि आग्रह गर्छु, उनले भने ।

आफू कोषाध्यक्षमा निर्वाचित भए उदाहरणीय कामहरु गर्ने चौलागाईंको भनाई छ । त्यसका लागि इमान्दारितापूर्वक योजना निर्माणमा लागेको छु, उनको भनाई छ ।