उपसभामुख राना आज चीन भ्रमणमा जाँदै
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी ११ः३० मा जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेलुका चीनको हेनान प्रान्ततर्फ जादै छिन् ।
यही साउन ७ देखि ११ गतेसम्म आयोजना हुने सांघाई सहयोग मञ्च र थिंक ट्याङ्क शीखर सम्मेलनमा सहभागी हुन त्यस तर्फ जान लागेकी हुन् । कार्यक्रममा उनले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ ।



