एक लाख ५४ हजार सहित सिमरामा जुवा खेल्ने ९ जना पक्राउ

२०८२ श्रावण ४, आईतवार ०७:३४

बारा । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ बाट जुवा खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सो वडाको जानकी टोलबाट ९ जनालाई पक्राउ गरेको हो ।
सो वडाको केशव सुनुवारमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इप्रका सिमराले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा जीतपुरसिमराका सुसन खाती सुनार, सुमनकुमार भट्टराई, बलराम विश्वकर्मा, घरधनी केशव सुनुवार, थहल वहादुर विश्वकर्मा, अभय कुमार श्रीवास्तव, शिवजी प्रसाद साह,बलराम कुमार क्षेत्री र राज कुमार भट्टराई रहेका छन् ।
पक्राउ गरिएकाहरुको साथबाट नगद १ लाख ५४ हजार ६८० रुपैयाँ र तास बरामद गरिएको छ ।
पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।