अर्थ मन्त्रालयद्वारा ९४ बुँदे निर्देशन जारी
काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२।०८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन ९४ बुँदे कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले बिहीबार सबै संघीय मन्त्रालय, आयोग, निकाय तथा मातहतका सबै कार्यालयहरूलाई सो मार्गदर्शन परिपत्र पठाएको हो ।
मार्गदर्शनमा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने विभिन्न उपायहरू उल्लेख छन् । मन्त्रालयले भुक्तानी प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन सबै भुक्तानीहरू अनिवार्य रूपमा विद्युतिय प्रणाली (इलेक्ट्रोनिक मिडियम) मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, खर्च हुन नसक्ने वा नभएको बजेटलाई चैत १५ गतेअघि नै सम्बन्धित निकायले सरेन्डर गर्नुपर्ने उल्लेख गरिएको छ । यसले बजेटको दुरुपयोग तथा अनावश्यक बन्दोबस्तीलाई रोक्ने विश्वास लिइएको छ ।
हेर्नुहोस् निर्देशन



