कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ

तु खबर संवाददाता
२०८२ असार ३२, बुधबार १९:१४

सिराहा । नेकपा एमालेबाट निर्वाचित सिरहा कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग  एक लाख रुपैयाँ घुस लिइरहेको सूचना आएपछि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

नगर प्रमुख साहलाई मंगलबार नगरपालिकाको कार्यालयबाटै लेनदेन गरिरहेको अवस्था पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab