यी एजेण्डासहित बस्दैछ छ संसदीय समितिको बैठक
काठमाडौं । आज प्रतिनिधिसभा संघीय संसदको बैठक सिंहदरबार काठमाडौंमा बस्दैछ । सचिवालयका अनुसार, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
सो बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरू र विविध विषयमा छलफल हुनेगरी एजेन्डा तय गरिएको छ ।
यस्तै सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारवाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेगरी एजेन्डा तय गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।



