सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरू नियमित सञ्चालनमा

तु खबर संवाददाता
२०८२ असार २७, शुक्रबार ०९:१४

विलासी करको विरोधमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

हिजो अर्थ मन्त्रालयमा भएको वार्तापछि पसलहरू आजदेखि देशभर नियमित खुलेका छन्।

सहमति अनुसार, सुनचाँदी र रत्न आभूषणमा लाग्ने कर प्रणाली अध्ययन गरी नीतिगत सुधार गरिनेछ।

व्यवसायीको पहुँच सहज बनाउने गरी सुन आयातको व्यवस्था प्रभावकारी बनाइने र कार्यविधि संशोधन गरिनेछ।

सरकार र व्यवसायीबीच कानूनी सुधार र छिमेकी मुलुकसँग कर दरको सामञ्जस्यका लागि कार्यदल गठन गर्ने सहमति पनि भएको छ।

वार्तामा पूर्वमन्त्रीहरु छबिलाल विश्वकर्मा र मीनबहादुर विश्वकर्मा पनि सहभागी थिए ।