यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ असार २३, सोमबार ०८:५८
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.३४ रुपैयाँ र बिक्रीमूल्य १३६.९४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरीदमूल्य ८९.३४ रुपैयाँ र बिक्रीमूल्य ८९.७४ रुपैयाँ र जापानिज यन १० को खरीदमूल्य ९.४३ रुपैयाँ र बिक्रीमूल्य ९.४७ रुपैयाँ तोकिएको छ।

त्यसैगरी कतारी रियाल एकको खरीददर ३७.३० रुपैयाँ र बिक्रीदर ३७.४७ रुपैयाँ, यूएई दिराम एकको खरीददर ३७.१२ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ निर्धारण भएको छ।