मन्त्रिपरिषद्को निर्णय नीतिगत हो, अख्तियारको क्षेत्राधिकारभित्र पर्दैन : माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली प्रकरणमा मन्त्रिपरिषद्को निर्णय नीतिगत भएको दावी गरेका छन् ।
पतञ्जलीलाई हदबन्दी छुट दिने सम्बन्धी मन्त्रिपरिषद्को निर्णय नीतिगत भएकोले सो बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने जिकीर नेपालको थियो ।
आज विशेष अदालतमा बयानका क्रममा नेपालले यस्तो दावी गरेका हुन् । पतञ्जिली प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल समेतलाई विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
सोही मुद्धाका सम्बन्धमा आज नेपालको विशेष अदालतमा बयान भएको हो । अहिले भर्खरै थुनछेक बहस सकिएको छ ।