चन्द्रपुरमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते

तु खबर संवाददाता
२०८२ असार ९, सोमबार १२:२९

रौतहट । रौतहटको चन्द्रपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख।५२१६ नम्बरको बस बिहान साढे चार बजे दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएका हुन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा सो बस दुर्घटना भएको हो । सो बसका चालक फरार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।