नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने

तु खबर संवाददाता
२०८२ असार ६, शुक्रबार १६:१८

काठमाडौँ । इजरायल र इरान युद्धका कारण नेपाली नागरिकको उद्धारका लागि एक युनिट बनाइने भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त बैठकले युनिट बनाउने र सोही युनिटमार्फत् नेपाली नागरिकको सुरक्षा र उद्धारका सम्बन्धमा आवश्यक काम गरिने तय भएको हो ।

स्वदेश फर्कन चाहने नेपालीले परराष्ट्र मन्त्रालयले तयार गरेको पोर्टलमा दर्ता गर्न अपिल समेत गरिने भएको छ ।

कोही नेपाली स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल मन्त्री शरदसिंह भण्डारीले जानकारी दिए । परराष्ट्रमन्त्री आरजु राणा देउवाले उद्धारका लागि परराष्ट्र मन्त्रालय आवश्यक समन्वय गरिरहेको बैठकमा जानकारी गराएकी थिइन् ।