अख्तियारद्वारा दुई कर्मचारी पक्राउ

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई पक्राउ परेको छ ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा छन् । उनीहरुलाई बीरगञ्जबाट नियन्त्रणमा लिएको हो । पोखरिया नगरपालिकामा रहेका बेला योजना स्वीकृति र कर्मचारी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको उजुरी परेपछि अख्यिारले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ४ थान मोबाइल बरामद गरिएको छ ।
यस्तै अख्तियारले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र सोही नगरपालिका वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट पनि २ थान मोबाइल बरामद गरिएको छ । यस सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गरिरहेको जनाएको छ ।