नेपाली राजदुतावास इजरायलद्वारा २४ सैँ घण्टा हटलाइन सेवा सुरु

तु खबर संवाददाता
२०८२ असार १, आईतवार १६:३९

काठमाडौँ । इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ । नेपाली राजदुतावासले  नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेको हो । इजरायली होम फ्रन्ट कमाण्डले जारी गरेको निर्देशनको पालना गर्न अनुरोध गरेको छ ।

इजरायल र इनारबीच युद्ध चर्किएपछि नेपाली दुतावासले पनि नागरिकहरुलाई सुरक्षित रहन भनेको हो । स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न आफ्नो क्षेत्रका लागि जारी गरिएका सूचनाहरुका बारेमा जानकार रहन र सुरक्षातर्फ विशेष ध्यान दिन भनेको हो । युद्धका कारण इजरायलमा अत्यावश्यक काम बाहेक सभा, सम्मेलन, भेला आदि गर्न रोक लगाइएको छ ।

नागरिकलाई समस्यामा परेमा सुविधा दिनका लागि नेपाली दुतावासले २४ सैँ घण्टा हटलाइन सेवा सुरु गरेको समेत जनाएको छ । सो हटलानइनमा सम्पर्क गरेर सहयोगका लागि आग्रह गर्न सकिनेछ ।