बागमती प्रदेशमा बजेटमा विवाद

तु खबर संवाददाता
२०८२ असार १, आईतवार १६:१६

हेटौंडा । बागमती प्रदेश सरकारमा बजेटको विषयलाई किचलो भएपछि अहिलेसम्म प्रदेशसभामा बजेट प्रस्तुत हुन सकेकोे छैन ।

दिउँसो ३ बजेलाई निर्धारण गरिएको बजेटको प्रस्तुती विवाद भएपछि बेलुकी ६ बजेलाई सारिएको छ । बजेटको आकारका विषयमा किचलो भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सत्ता साझेदार दलबीच पनि बजेटको सन्दर्भमा एकमत छैन । सत्ता साझेदारबीच करीव ६८ अर्बको हाराहारीमा बजेट बनाउने सहमति भएको थियो तर त्यसलाई बढाएर ७२ अर्ब पुर्याउने तयारी भएपछि किचलो सुरु भएको हो ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले ६८ अर्बको बजेट बनाउने सहमति भएको बताए । सो सहमति बिपरित बजेटको आकार बढाइएकोले विवाद भएको हो ।