पाँच लाखभन्दा बढी आप्रवासीलाई अमेरिका छोड्न आदेश

तु खबर संवाददाता
२०८२ असार १, आईतवार १५:४९

अमेरिकाको डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस)ले बिहीवार एक विज्ञप्ति मार्फत् क्युवा, हेइटी, निकारागुआ र भेनेजुएलाका त्यस्ता नागरिकहरूलाई यसअघि निष्कासन गर्नबाट लगाइएको अस्थायी रोक अन्त्य गरिने जनाएको हो।

अमेरिकी सरकारले ५ लाखभन्दा बढी क्युबाली, हाइटी, निकारागुवाली र भेनेजुएलालीहरूलाई देश छोड्न आदेश दिएको छ ।

अधिकारीहरूका अनुसार यी व्यक्तिहरूलाई मानवीय प्रवेश अनुमति कार्यक्रम अन्तर्गत अमेरिका प्रवेश गर्न दिइएको थियो । जुन कार्यक्रम राष्ट्रपति जो बाइडेनको प्रशासनले अक्टोबर २०२२ मा सुरु गरेको हो।

विशेष अनुमति लिएर अमेरीका बसेका पाच लाख भन्दा बढी आप्रवासीहरुलाई अमेरिकाबाट बाहिरीन आग्रह गर्देे इमेल पठाउने जानकारी उक्त निकायले जनाएको छ।