इरानमाथि इजरायली आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

तु खबर संवाददाता
२०८२ जेष्ठ ३१, शनिबार ०८:५१
संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्क । तस्बिर : गिरिजा अधिकारी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा कुनै पनि प्रकारको सैन्य वृद्धि प्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेका छन्। महासचिव गुटेरेसका उपप्रवक्ता फरहान हकले एक विज्ञीप्तीमार्फत् महासचिवको सो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

इरान र अमेरिकाबीच वार्ता जारी रहेको संवेदनशील घडीमा इजरायली आक्रमण चिन्ताजनक रहेको महासचिवको धारणा छ, विज्ञप्तीमा भनिएको छ । सबै सदस्य राष्ट्रहरुले राष्ट्रसंघको बडापत्र अनुसार आचरण गर्न आग्रह गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।

दुबै पक्षलाई अधिकतम संयम अपनाउन र गहिरो द्वन्द्वबाट जोगिन महासचिव गुटेरेसले आग्रह गरेका छन्।

महासचिव गुटेरेसले इजरायल र इरानलाई तनाब नबढाउन समेत अपिल गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक सन्देश दिँदै उनले दुई देशले शान्ति र कुटनीतिक माग अवलम्बन गर्न समेत आग्रह गरेका छन् ।