संवैधानिक पदाधिकारी नियुक्ति सम्बन्धी निर्णय असार १८ मा सुनाइने

तु खबर संवाददाता
२०८२ जेष्ठ २८, बुधबार १९:२७

काठमाडौं । संवैधानिक नियुक्ति विरुद्ध परेको रिटमाथिको फैसला आउँदो असार १८ गते सुनाइने भएको छ । सर्वोच्च अदालतमा आज भएको सुनुवाइपछि ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति विरुद्धको फैसला आगामी असार १८ गते सुनाउने जानकारी गराएको हो ।

आज सुनाउने भनिएको सो रिट सम्बन्धी निर्णय असारमा तोकिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा। कुमार चुडाल र डा। नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो ।

अति महत्वपूर्ण मानिएको सो रिट निवेदनमाथि आज निर्णय सुनाउने भनिएको थियो । तर, इजलासले असार १८ गते निर्णय सुनाउने गरी मिति सारेको हो ।