सर्वोच्च अदालतको न्यायाधीशमा ३ जनाको नाम सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ३ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
आज मंगलबार बसेको न्याय परिषद्को बैठकबाट सिफारिस हुनेहरुमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेको न्याय परिषद्को सूचनामा उल्लेख छ ।
परिषद्ले संसदीय सुनुवाइ विशेष समितिमा सिफारिस भएका न्यायाधीशहरुको नाम पठाइसकेको छ । अब संसदीय समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
यस अघि सर्वोच्चमा न्यायाधीश नियुक्तको विषय विवादमा थियो । तर, आज न्याय परिषद्ले ३ जनाको नाम सिफारिस गरेसँगै यो विवाद पनि सुल्झिएको छ ।