समुद्रको सुरक्षाको लागि काम गर्न जरुरी : राष्ट्रसंघका महासचिव गुटेरेस

तु खबर संवाददाता
२०८२ जेष्ठ २६, सोमबार १३:३९
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस युएन ओसियन कन्फरेन्समा आफ्नो धारणा राख्दै । तस्बिर : युएन वेब टिभी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले समुद्रको सुरक्षाको लागि काम गर्न जरुरी रहेको बताएका छन् । फान्सको नाइसमा संयुक्त राष्ट्रसंघको आयोजनामा भइरहेको महासागर सम्मेलनमा मन्तव्य राख्दै गुटेरेसले महासागरले अक्सिजनको आधा हिस्सा उत्पादन गर्ने बताउँदै करीव ३ अर्ब मानिसहरुको खाना र अर्बौ मानिसको जीवनयापनमा भूमिका रहेको बताए ।

युएन वेब टिभीमा प्रत्यक्ष प्रशारित महासचिव गुटेरेसको मन्तव्य अनुसार, समुद्री ढुवानीले ८० प्रतिसत भन्दाबढी विश्व व्यापारलाई हाँक्ने उल्लेख गर्दै उनले यसको अनियन्त्रित दोहोन भइरहेकोले रोक्न आह्वान गरेका छन् । प्रत्येक वर्ष २३ मिलियन टन प्लास्टिक पानी फ्याकिँदै आएको यसले पारिस्थितिक प्रणालीलाई असर गरिरहेको उनको भनाइ छ । यसले अक्सिजनको कमी गरिरहेको छ, गुटेरेसले भने – अब हामीले दिसा परिवर्तन गर्न जरुरी छ ।

जैविक विविधता र समुद्री पारिस्थितिकी प्रणालीको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ । कुङमिंग-मोन्ट्रियल वैश्विक जैव विविधता ढाँचाले २०३० सम्ममा समुद्री र तटीय क्षेत्रहरूको कम्तिमा घण् प्रतिशत संरक्षण र व्यवस्थापन गर्ने साहसी प्रतिबद्धता गरेको गुटेरेसले स्मरण गरे । गुटेरेसले समुद्री सुरक्षा पनि दिगो विकासको एक स्तम्भको रुपमा सुदृढ गर्नुपर्ने बताए । उनले भने –हामीले मौसम, खाद्य प्रणाली र दिगो वित्तमा समुद्री प्राथमिकताहरुलाई समावेश गर्न आवश्यक छ । स्वस्थ महासागरबिना स्वस्थ ग्रह हुन नसक्ने कुरामा उनको जोड थियो ।

कार्यक्रम फान्स र कोस्टारिकाको संयुक्त तत्ववधामा भइरहेको छ । र, महासचिव गुटेरेसले ती देशसहित विश्वका सबै देशहरुलाई महासागरेको सुरक्षामा मिलेर काम गर्न आह्वान समेत गरेका छन् । उनले प्लास्टिक र सामुद्रिक प्रदुषण नियन्त्रण सम्बन्धी बाध्यकारी कानून निर्माण गर्न भइरहेका प्रयासलाई पनि निश्कर्षमा पुर्याउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको आयोजनामा आइएनसी मिटिङ विभिन्न देशहरुमा भइरहेका छन् ।

आउँदो अगष्टमा जेनेभामा यस सम्बन्धी मिटिङ आयोजना हुँदैछ ।