भिजिट भिसा प्रकरण : प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

तु खबर संवाददाता
२०८२ जेष्ठ २३, शुक्रबार १५:३६

काठमाडौँ — भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर सरेको सर्‍यै छ ।

शुक्रबार १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसीआइतबारसम्मका लागि स्थगित गरिएको हो ।सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् ।बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।