अमेरिकाले नेपालीलाई दिएको टीपीएस खारेज

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । टीपीएस खारेज गरिएपछि करीव ७ हजार जना नेपाली प्रभावित भएका छन् । अब उनीहरु स्वदेश फर्कनु पर्नेछ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालीलाई दिएको टीपीएस खारेज गरेको हो । अमेरिकी सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसका अनुसार, अब नेपालीहरुले ६० दिनभित्र स्वदेश फर्कनु पर्नेछ । नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११ः५९ बजे अन्त्य हुने छ ।
टीपीएस लिएको एक वर्षमात्र भएको छ भने उनीहरुले एसाइलम आवेदन दिन सकिने न्युयोर्कबाट संचालित खसोखास डटकम ले समाचार लेखेको छ ।