सार्वजनिक यातायात व्यवसायीले गरे देशभर एक घण्टा चक्काजाम

तु खबर संवाददाता
२०८२ जेष्ठ १७, शनिबार १३:१२
file-photo

काठमाडौं । काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले आज एक घण्टा चक्काजाम गरका छन् । यातायात व्यवसायीको ७ बुँदे माग राखेर एक घण्टा चक्काजाम गरेका हुन् ।

सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत सङ्घीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले ऐन ल्याउने तयारी गरेको उनीहरुको भनाइ छ ।

साथै, गण्डकी प्रदेश सरकारले २०८२र२र१ गते राजपत्रमा प्रकाशित गरी निजी सवारी साधन ९रातो प्लेट०लाई भाडाको सवारी ९कालो प्लेट० सरह सञ्चालन गर्न लागेकोले” आन्दोलनमा उत्रिएको व्यवसायीहरुले बताए ।

त्यसैगरी, सर्वोच्च अदालतले जारी गरेको परामादेश हालसम्म पनि गुृह मन्त्रालयले कार्यान्वयन नगरेकोले सो परमादेश तत्काल कार्यान्वयन गर्न पनि व्यवसायीहरुको माग छ ।

सङ्घ तथा समिति नवीकरण, सम्पत्ति फुकुवाको निम्ति सर्वोच्च अदालतले २०८० साल चैत २० गतेको परमादेश दिएको थियो । सो परमादेशको समेत कार्यान्वयन भएको छैन ।

सोही परामेश कार्यान्वयनका माग पनि व्यवसायीहरुले राखेका छन् ।